सुनको भाउ फेरि बढ्यो, बनायो नयाँ कीर्तिमान

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार तोलामा दुई सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । महासंघका अनुसार आज सुनको भाउ तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको छ ।

बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासंघअन्तर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...