कोरोनाको कारण आर्थिकवृद्धिदर पाँच प्रतिशत भन्दा तल

विराटनगर, २२ फागुन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रमा पनि गम्भीर प्रभाव पार्ने भएको छ ।

अन्तर्राष्ट्रिय निकायहरुले यो भाइरसको कारण विश्व अर्थतन्त्रमा १.५ प्रतिशतले कमी आउने अनुमान गरेका छन् । चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी लक्ष्य छ ।

सरकारले सोचेजस्तो आर्थिक गतिविधि नभएको कारण आर्थिक वृद्धि ६ प्रतिशतमा खुम्चिने यस अघि नै अनुमान गरिएको थियो ।

अब थप १ प्रतिशत कम हुने अनुमान गरिएको छ ।

रेमिन्ट्यान्स आउने जापान, कोरिया र कतिपय खाडीमुलुकमा कोरोना फैलिएको कारण त्यसको असर अर्थतन्त्रमा पर्ने पूर्वअर्थसचिव राजन खनालले बताए ।

यस्तै पूर्वअर्थसचिव शान्तराज सुवेदीले कोरोना भाइरसका कारण मुलुकको आर्थिक वृद्धिमा असर पर्ने बताएको नागरिक दैनिकमा खबर छ ।

Loading...