एकीकृत जाँच चौकी अपूरो, सेवाग्राहीलाई सास्ती

विराटनगर, २२ फागुन । ७ माघमा उद्घाटन भएर १८ माघबाट सञ्चालनमा आएको एकीकृत जाँच चौकीमा पर्याप्त पूर्वाधार नहुँदा सेवाग्राहीले सास्ती व्याहोर्नु परिरहेको छ ।

जाँच चौकीभित्र आवश्यक संरचना निर्माण नभइसकेकोले व्यवसायी, भन्सार एजेन्ट र कर्मचारीहरुलाई पनि काम गर्न समस्या भएको हो ।

विराटनगर १८ बुधनगरमा निर्माण भएको जाँच चौकीमा रेल्वको सुविधा नभएको कारण रानी भन्सारबाट नै रेलवेको र्याकबाट ल्याइने मालबस्तु र निकासी हुने बस्तु ओसारपोसार गर्नु परिरहेको छ ।

एकीकृत जाँच चौकीमा अध्यागमन कार्यालय मात्र अब सर्न बाँकी छ । यो समाचार उद्घोष दैनिकमा छ ।

Loading...