प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने – ‘ठीक छु’

विराटनगगर, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको खबर आज राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुमा प्रमुखताका साथ छापिएको छ ।

ओलीलाई नियमित रगत दिँदै आएकी नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले उनलाई दोस्रो पटक प्रत्यारोपणको लागि मिर्गाैला दिएकी हुन् ।

यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

यस्तै अन्नपूर्ण पोष्टमा ‘स्वस्थ्य अवस्था खतरामुक्त’ शीर्षकमा मुख्य समाचार छ । स्वस्थ्यका सबै सुचक राम्रो भएको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा प्रत्यारोपण गरेको मिर्गाैलाले काम गर्न थाल्यो शीर्षकमा मुख्य खबर छ ।

‘प्रधानमन्त्री ओली चार-पाँच दिनमै डिस्चार्ज हुन सक्ने’ उपशीर्षकमा मिर्गाैला प्रत्यारोपणमा नेतृत्व गरेका प्रा. डा. प्रेम ज्ञवालीसँगको अन्र्तवार्ता छापेको छ ।

नागरिक दैनिकमा ‘मिर्गाैला प्रत्यारोपण’ शीर्षकको मुख्य समाचार छ ।

‘जे हुन्छ, राम्रै हुन्छ’ उपशीर्षकमा प्रधानमन्त्री ओलीले आफन्तहरुलाई देशकै माटोमा उपचार गराउन लागेकाले आफूलाई जे भएपनि फरक नपर्ने बताएको उल्लेख गरेको छ ।

Loading...