बच्चादेखि नै रोग प्रतिरोध क्षमता बढाउनु पर्छ

विराटनगर, २१ फागुन । मौसम बदलिएसंगै बच्चा, बृद्ध तथा रोग प्रतिरोघात्मक क्षमता कम हुने मानिसहरूलाई छिट्टै रोगले सताउँछ ।

त्यसमा पनि शरीरका विभिन्न अंग तथा रोग प्रतिरोघात्मक क्षमता नभएका शिशुहरू थप जोखिममा हुन्छन् । त्यसैले पनि बच्चाहरूको विशेष ध्यान राख्न अति आवश्यक हुन्छ ।

बच्चा जन्मेको २४ घण्टाभित्र आमाको दध खुवाउनु आवश्यक हुन्छ । आमाको दुधमा हुने तत्वले बच्चालाई जीवनभर बच्चाको प्रतिरक्षालाई मजबुत बनाउँदछ । यसबाहेक ६ महिनासम्म आमाको दुध अनिवार्य रुपमा खुवाउनु पर्छ ।

बच्चा देखि नै सबै प्रकारको मौसमको सामना गर्ने बानी विकास गराउनु पर्ने हुँदा गर्मी तथा जाडोको मौसममा एसी, हिटर खोलेर कोठा बन्द गर्नु हुँदैन् ।

बच्चाहरूलाई घरमा भन्दा पनि बाहिर खेलाउनु पर्छ । बाहिर खेल्दा संक्रमणसँग लड्नका लागि शरीरले रोग बिरुद्धको क्षमता विकास गराउँछ ।

बच्चाहरूलाई हल्का चिसो लाग्ने बित्तिकै औषधि दिनु हुँदैन् । औषधिले पनि रोग बिरुद्धको क्षमतालाई घटाउन सक्छ ।

औषधिको सेवन गर्ने परेमा डाक्टरको सल्लाहमा मात्र दिने दिने गर्नु पर्छ ।

बच्चाहरूलाई जंक फुड भन्दा पनि घरमै बनेको सबै पौष्टिक तत्वहरू भएको खुवाउनु पर्छ ।

उनीहरुको दैनिक खानामा दाल, दुध, कुखुरा, माछा र मौसमी फलफुलहरू खुवाउनु पर्छ ।

Loading...