धितोपत्र बजार : नेप्सेमा भारी गिरावट

काठमाडौं, २१ फागुन । धितोपत्र बजारमा आज(बुधबार) नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अङ्कले घटेर ३०८.८७ मा पुगेको छ ।

आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँमा खरिद बिक्री भयो ।

आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५ अंकले ओरालो लागेको छ ।

यस्तै उत्पादन ८८.६७, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अङ्कले ओरालो लागेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो ।

Loading...