तोलामा बाइस सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं, २१ फागुन । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला ७८ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ पुगेको छ ।

विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

Loading...