‘हिरो रिटर्न्स’को ट्रेलरमा रेखा र सविनको एक्सन (भिडियोसहित)

विराटनगर, २१ फागुन । २६ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा फिल्ममा मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ तथा सरोज खनाललाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा एक्सन, प्रेम र विछोडलाई मुख्य स्थान दिएको छ भने ट्रेलरको अधिकांश भागमा रेखा र सविनको एक्सन देख्न सकिन्छ ।

आशिष भेटवालले निर्देशनमा तयार भएको फिल्मलाई ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण गरिएको हो ।

भीम न्यौपाने र धुर्व न्यौपानेले लगानी रहेको फिल्मलाई शिवम अधिकारीले लेखेका हुन् ।

फिल्ममा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ ।

कास्यप घिमिरेको छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङको सम्पादन गरेका हुन् ।

Loading...