सुपरहिरो बन्दै प्रभास, दीपिका हिरोइन

विराटनगर, २१ फागुन । ‘बाहुबली’ बाट एका एक चर्चामा आएका अभिनेता प्रभास नयाँ फिल्ममा सुपरहिरो रोलमा देखिने भएका छन् ।

साथै, यो फिल्ममा उनको अपोजिटमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण देखिने प्रवल सम्भावना रहेको छ ।

भारतीय मिडियाहरूमा उल्लेख गरिएअनुसार, अभिनेता प्रभास नाग अश्विनको फिल्ममा काम गर्ने भएका छन् भने उनको अपोजिटमा अभिनेत्री दीपिका हुन सक्ने छिन् ।

सुपरहिरोको रोल निर्वाह गर्ने फिल्ममा प्रभास अनुबन्ध भइसके पनि बाँकी कलाकारहरू फाइनल भएका छैनन् ।

फिल्ममा ठूला कलाकारको नाम हुनसक्ने सम्भावना छ ।

निर्देशक नाग अश्विन प्रभासको इमेज अनुरूप कमर्शियल कथा तयार गरिरहेका छन् ।

फिल्मको निर्माण कम्पनी व्यजयन्ती मूभिजले ट्वीटमा नाग अश्विनको निर्देशनमा प्रभासलाई फिल्मको पर्दामा ल्याउनु गर्वको कुरा रहेको बताएका छन् ।

अहिले अभिनेता प्रभास निर्देशक राधाकृष्णाको निर्देशनमा बनिरहेको फिल्मको काममा व्यस्त छन् ।

उक्त फिल्ममा उनको जोडी अभिनेत्री पूजा हेगडेसँग बाँधिएको छ । फिल्मको छायांकन पूरा भएपछि मात्र नाग अश्विनले प्रभाससँगको प्रोजेक्टमा काम सुरु गर्ने भएका छन् ।

Loading...