सुनको मूल्यले बनायो कीर्तिमान

काठमाडौं, २१ फागुन । केही दिनयता थोरै–थोरै घटिरहेको सुनको मूल्य आज फेरि अकाशिएको छ ।

आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला ८० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसअघि फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।

Loading...