अर्को दसैंमा ‘कबड्डी ४’

विराटनगर, २१ फागुन । फिल्म ‘सेन्टी भाइरस’ को कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका निर्देशक तथा निर्माता रामबाबु गुरुङले ‘कबड्डी’ को चौथो पार्ट अर्को वर्षको दसैंमा प्रदर्शनमा आउन सक्ने संकेत गरेका छन् ।

‘कबड्डी ४’ दशैंमा आउन आँटेको हो भन्ने पत्रकारको प्रश्नमा गुरुङले ‘आउँछ कि क्या हो ! दसैंमा जुन फिल्म आएनी आइहाल्छ नी भन्ने जवाफ फर्काए ।

नेपाली फिल्म क्षेत्रमा अभिनेता दीपकराज गिरी र रामबाबु गुरुङको समुहलाई शक्तिशाली टिम मानिन्छ ।

गएको केही हप्ताअघि ‘कबड्डी ३’ ले १८ करोड कमाएको निर्माताले दाबी गरेपछि दीपकले फिल्म र निर्माताको नाम उल्लेख नगरी फेसबुकमा स्टाटस लेखेर गलत डाटा नदिन आग्रह गरेका थिए ।

यही कारणले रामबाबुले अर्को वर्षको दसैंको फूलपातीमा ‘छक्का पञ्जा ४’ सँग भिड्न ‘कबड्डी ४’ ल्याउन सक्ने बुझिन्छ ।

निर्देशक गुरुङ अहिले फिल्मको स्क्रिप्टमा व्यस्त छन् ।

जेठबाट फिल्मको छायांकन सुरु हुने अनुमान लगाइएको छ ।

‘कबड्डी ४’ पछि यो फिल्मको सिरिज नबन्ने बताइएको छ । २०७७ को दसैंमा महजोडीले निर्माण गर्ने फिल्म, ‘छक्का पञ्जा ४’, ‘अल्लारे २’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, र ‘प्रेम पूजा’, ‘पारस’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

Loading...