पारि चुस्त, वारि सुस्त

विराटनगर, २१ फागुन । कोरोना भाइरसको संक्रमण बढेसँगै सीमापारि भारतमा सतर्कतता चुस्त पारिएको छ ।

तर वारि भने खासै सतर्कता अपनाइएको छैन् । भारतले पानीट्यांकी प्रवेश गर्नु अघि हेल्थ डेक्स राखेर नेपालबाट प्रवेश गर्नेहरुलाई निगरानी गर्दै आएको छ ।

यता हेल्थ डेक्स राखिएपनि पर्याप्त सतर्कता देखिएको छैन् ।

यस्तै बाघडोगरा विमानस्थलमा महिनायता उच्च सतर्कता अपनाइएको छ । चीन र तेस्रो मुलुकबाट आउने यात्रीहरुलाई विशेष निगरानी गरिन्छ ।

नर्थ बंगाल मेडिकल कलेजमा ६ वडा बेड सहित आइसोलेसन वार्ड राखिएको छ । यता मेची नगर नगरपालिकामा राखिएको हेल्थ डेक्स नाममात्रैको छ ।

हेल्थ डेक्समा श्रोत साधन नभएको स्वास्थ्यकर्मी पूजा महतोले बताइन् । यो समाचार कान्तिपुरमा छ ।

Loading...