कोरोनाको त्रास : बिथोलिए कार्यक्रम, एक महिना बिदा दिन चिकित्सकको सल्लाह

विराटनगर, २१ फागुन । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् ।

अमेरिकी दूतावसाले गर्न २ सय ४४ औँ स्वतन्त्रता दिवसमा फोहोरा दरबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम रद्द गरेको छ ।

यस्तै कतारले चन्द्रागिरीमा आइतबार गर्न लागेको फूड फेस्टिबल स्थगन गरेको छ ।

विभिन्न ८२ मुलुक सहभागि हुने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन पनि रोकिएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

कोरोना संक्रमण फैलिन नदिन शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका परीक्षा ५ चैत्रभित्र सक्न विद्यालयलाई आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै वार्षिक परीक्षा चैत्र ५ भित्र सक्न आग्रह गरेको हो ।

एक महिना सार्वजनिक बिदा दिन चिकित्सकहरुले सल्लाह दिएका नयाँ पत्रिकामा खबर छ ।

Loading...