‘प्रेमगीत ३’को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २० फागुन । नयाँ वर्षको अवसर पारेर २८ चैतमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको तिजरमा एउटा युगको परिकल्पनालाई केही फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

कैयौ दुस्खहरुलाई सामना गरेर २ वर्षको मेहनत पश्चात फिल्म तयार भएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा फिल्म तयार भएको हो ।

फिल्ममा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्रीलगायतका कलाकारहरूको अभिनय छ ।

डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाकी ६० प्रतिशत सम्पुर्ण दृश्य मनाङमा गरिएको हो ।

फिल्ममाकविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।

फिल्मको विदेशी राइट्सहरू धमाधम बिक्री भइसकेको छ ।

Loading...