दयाहाङको ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २० फागुन । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

७ चैत्रमा प्रदर्शन हुने फिल्मको ट्रेलरलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा एक परिवारले भुकम्पले देको पिडा, माया, बिछोड, र सरकारी कार्यालयको कार्यशैलीलाई देखाइएको छ ।

फिल्मले २०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष गर्ने कथामा आधारित रहेको छ ।

संचारकर्मी फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा दयाका साथ बुद्दि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।

सचिन घिमिरे र निर्देशक वलले संयूक्तरुपमा लेखेको पटकथामा प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Loading...