दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २० फागुन । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लगाइ बन्द भएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर १ हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ विन्दुले बढेर ३२४.७८ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकम पनि बढेको छ ।

आज १ सय ८० कम्पनीको ७२ लाख दुई हजार २३६ कित्ता शेयर ३ अर्ब ४० करोड ४७ लाख ८४ हजार ९ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । दश उपसमूहको शेयरमा वृद्धि भएको छ ।

व्यापार १०.२८ र लघुवित्त १०४.४ विन्दुले घटेको छ ।

Loading...