विराटनगर, २० फागुन । यो वर्ष अभिनेत्री करिश्मा मानन्धरले होली नमनाउने भएकी छन् ।
हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा चलचित्रकर्मीहरूसँग होली मनाउँदै आएकी करिश्माले यस वर्ष कोरोना भाइरस फैलिने डरका कारण होली नमनाउने भएकी हुन् ।

विश्वभर कोरोनाको सन्त्रास फैलिरहेको समयमा सरकारले पनि सभा–सम्मेलन तथा भिडभाडका कार्यक्रम नगर्न आग्रह गरिरहेपछि करिश्माले होली रद्द गर्ने निर्णय लिएकी हुन् ।
करिश्माले कोरोना भाइरसका कारण होलीमा पानी र रंगसँग नखेल्न चिकित्सकहरूले सल्लाह दिइरेहकाले आफूले होली नमनाउने निर्णय लिएको बताइन् ।
यस्तै उनले होलीमा खर्च हुने रकम स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छन् ।
करिश्माले सोमबार भट्टराई परिवारलाई १ लाख १ सय १ रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेकी छिन् ।