‘प्रेम पूजा’को लागि कलाकारको खोजी

विराटनगर, २० फागुन । आउँदो वर्षको दसैंमा अर्थात् दुर्गा पूजामा रिलिज गर्ने तयारी रहेको नयाँ फिल्म ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ ।

शिवरात्रीको अवसर पारेर घोषणा गरेको फिल्मको लागि नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय कलाकारहरूलाई अडिसनमार्फत लिइने जानकारी गराइएको थियो ।

अमरदिप सापकोटाको निर्देशनमा तयार हुने फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको पोस्टरमा मुख्य पात्रको अनुहार छोपिएको छ ।

अब भने फिल्मका लागि मुख्य अभिनेत्री, सहायक भूमिकाको लागि ५ जना महिला र ५ जना पुरुष कलाकारको खोजी सुरु भएको छ ।

इच्छुकले नेपालसँगै संसार भरबाट अडिसनमा सहभागिता जनाउन सक्ने निर्माण टिमले जानकारी दिएको छ ।

अडिसनमार्फत कलाकारहरू भेटेसँगै फिल्मको छायांकन वैशाखबाट सुरु हुने भएको छ ।

इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको फिल्मको छायांकन काठमाडौँ, चितवन र भारतको बनारसमा गरिने भएको छ ।

फिल्म कथा, पटकथा, संवाद अभिमन्यू निरवीको छ ।

Loading...