‘प्रेमगीत ३’को दुई क्यारेक्टर पोस्टर सार्वजनिक, भरे टिजर आउँदै

विराटनगर, २० फागुन । नयाँ वर्षको अवसर पारेर २८ चैतमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को दुई क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

‘प्रेम गीत ३’का अर्का सशक्त कलाकार पुष्कर कार्की र जीवन भट्टराईको चरित्र फोटो सार्वजनिक गरिएको हो ।

फिल्मका पोस्टरलाई फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

आज ४ बजे फिल्मको टिजर सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको र टिजर सार्वजनिक भएपछि फिल्म कस्तो बनेको रहेछ भन्ने कुरामा धेरै दर्शक ढुक्क हुने अनुमान सन्तोषको छ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा यी दुई कलाकारका साथ अभिनेता प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन बराल, जोत्सना खत्री, शिशिर राणालगायतका कलाकारहरूको अभिनय छ ।

डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाकी ६० प्रतिशत सम्पूर्ण दृश्य मनाङमा गरिएको हो ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।

फिल्मको विदेशी राइट्सहरू बिक्री भइसकेका छन् ।

Loading...