कोरोना संक्रमण भएको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा

विराटनगर, २० फागुन । कोरोना भइरसबाट संक्रमित भएको आशंकामा तीन जना नेपालीलाई फ्रान्सको अस्पतालमा भर्ना गरिएको छ ।

उनीहरुलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिानियो अस्पतालमा भर्ना गरेको हो ।

इटालीबाट स्पेन हुँदै फ्रान्स पुगेका उनीहरुलाई संक्रमणको लक्षण देखिएको भन्दै बुधबार प्रहरीले अस्पताल भर्ना गराएको हो ।

फ्रान्सको आवासिय इजाजत नभएको कारण उनीहरुको नाम भने सार्वजनि नगरिएको कान्तिपुर दैनिकमा समाचार छ ।

स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएपछि सोधपुछ गरेर उनीहरुलाई फ्रान्सको आर्तुस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो ।

Loading...