पूविमा डा. कोइराला उपकुलपति

विराटनगर, २० फागुन । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिमा डा. यादव कोइरालालाई नियुक्त गरेका छन् ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको कुलपति ओलीले कृषि तथा वन विज्ञान, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन गरेका थिए ।

सर्च कमिटीले सबै विश्वविद्यालयको लागि उपकुलपतिको सिफारिस गरिसकेको छ ।

यस्तै ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा डा. नन्दबहादुर सिंहलाई नियुक्त गरेका छन् ।

लामो समयदेखि उपकुलपतिविहीन रहेको विश्वविद्यालयमा विराटनगरका कोइराला उपकुलपति बनेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा अर्काे व्यवस्था नहुन्जेलका लागि विजुकुमार थपलियालाई कामचलाउ उपकुलपतिको जिम्मेवारी दिइइएको थियो ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भागबण्डामा उपकुलपति नियुक्ति गरिएको हो । यो समाचार उद्घोष दैनिकमा छ ।

Loading...