कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै

विराटनगर, २० फागुन । सरकारले कोरोनाको जोखिम कम गर्न निर्णयहरु धेरै गरेपनि काम भने न्युन मात्रामा गरेको छ ।

पर्यटन मन्त्रालयले प्रभावित देशबाट आउने अन्तर्राष्ट्रिय उडानलाई निरुत्साहित गर्ने तयारी गरेको छ ।

यस्तै शिक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि विद्यार्थीलाई एलओसी दिन बन्द गरेको छ ।

अर्थ मन्त्रालयले संक्रमणको जोखिम र अर्थतन्त्रमा असर बारे अध्ययन सुरु गर्ने निर्णय गरेको छ ।

तर संक्रमण रोक्ने मात्र नभइ धुलो छेक्ने माक्सको पनि नेपालमा अभाव रहेको छ ।

अस्पतालमा कोरोना संक्रमितलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसन वार्डको पनि अभाव रहेको छ ।

उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने विशेष पोशाक पनि ५ सय जनाको लागि मात्रै छ । यो समाचार नयाँ पत्रिकामा छ ।

Loading...