एक्सनले भरिपूर्ण ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १९ फागुन । अभिनेता अक्षय कुमार र कट्रिना कैफ अभिनित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

रोहित शेट्टीद्वारा निर्देशित ४ मिनेट १६ सेकेन्ड लामो फिल्मको ट्रेलरलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा आतंकवादी आक्रमण र प्रहरीको कथा समेटिएको छ ।

बलिउडका दुई हिट फिल्म सिङ्घम र सिम्बाको कथावस्तु जोडिएको फिल्मको ट्रेलरमा अभिनेता अजय देभगन र अभिनेता रणवीर सिंहलाई पनि देखिएको छ ।

‘सूर्यवंशी’प्रति आफ्ना प्रशंसकलाई उत्साहित गर्न अक्षयले हिजो मात्रा मोशन पोस्टर ट्वीटरमा शेयर गरेका हुन् ।

फिल्ममा ज्याकी श्राफ, गुलशन ग्रोवर र सिकन्दर खेरको पनि अभिनय रहेको छ । फिल्म २४ मार्चमा रिलिज हुने पक्का भएको छ ।

Loading...