कोरोनाका कारण फ्रान्समा चुम्बन गर्न रोक

एजेन्सी, १९ फागुन । कोरोना भाइरस सर्ने डरका कारण फ्रान्समा चुम्बन गर्न रोक लगाइएको छ ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नगर्न सुझाव दिएको ‘डेली मेल‘ले जनाएको छ।

फ्रान्समा ‘ला बिसे’ संस्कार अर्थात् एक अर्कालाई दुइ गलामा चुम्बन गरेर अभिवादन प्रकट गर्न वा बिदाइ दिने चलन छ ।

उनले शारीरिक प्रकृतिको सामाजिक सम्पर्कहरूमा कटौती गर्नुपर्ने सल्लाह दिएका छन् ।

भाइरस हाम्रो इलाकामा प्रसारित भइरहेको र अब हामीले यसलाई बिस्तारै कम गर्नुपर्दछ भन्दै सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् ।

यसअघि भने उनले एक–अर्कासँग हात नमिलाउन पनि आग्रह गरिसकेका छन् ।

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको छ ।

फ्रान्समा मात्र भाइरसबाट संक्रमित हुनेको संख्या ७९ पुगेको छ भने ५९ जना अस्पतालमा उपचार गराउँदै छन् ।

Loading...