जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गाैला

विराटनगर, १९ फागुन । झापाकी ३२ वर्षीया उनी ओलीलाई मिर्गाैला दान गर्ने भाईबुहारी अन्जान घिमिरेकी भान्जी हुन् ।

यो नाता अनुसार उनी प्रधानमन्त्री ओलीकी पनि भान्जी पर्छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण गर्ने टुंगो मंसिर दोश्रो साता नै लागेको थियो ।

११ फागनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन पुगेका सचिवालय सदस्यहरुलाई ओलीले ‘मलाई मिर्गाैला दिने उनी नै हुन्’ भनेर चिनाएका थिए ।

उनको विस्तृत जानकारी बिना नै आजको कान्तिपुर दैनिकमा नाताले भान्जि पर्ने झापाकी एक महिलाले ओलीलाई मिर्गाैला दिन लागेको खबर छापेको छ ।

Loading...