केही वर्षलाई भन्दै ४० वर्षसम्म छाप्रोमा राखियो

विराटनगर, १९ फागुन । झापाको कमल गाउँपालिका ५ राजमार्ग उत्तरपट्टि करिब २ सय परिवारको साना झुप्रा छन् ।

यो ठाउँ उनिहरुलाई केही वर्षको लागि भनेर बसाएको ४० वर्ष बढी भइसक्यो ।

तर अझै उचित व्यवस्थापन हुन सकेको छैन् ।

२०३५ सालतिर रतुमा आएको बाढीकोले उनीहरुको घरबार बगाएपछि तत्कालिन जनप्रतिनिधि तथा सरकारले आपपत्कालिन व्यवस्थापन भनेर राखेको ठाउँमा नै बस्नु पर्याे ।

उनीहरुले ४० वर्षसम्म स्थायी बसोबास पाउन सकेनन् ।

रतुवामाई वृक्षा रोपण योजनाको जग्गामा अर्काे विकल्प नभएसम्मको लागि भनेर राखेको १ सय ५० घर परिवारको संख्या बढेर २ सय कटेको हो ।

उनीहरुलाई राज्यले व्यवास्ता गरेको भन्दै कमल गाउँपालिका घेराउ गर्न पुगेका थिए ।

यो समाचार ब्लाष्ट टाइम्समा छ ।

Loading...