खाडीमा कोरोना बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह

विराटनगर, १८ फागुन । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस को संक्रमण बढेपछि नेपाली दूतावासहरुले सतर्क रहन नेपालीहरुलाई आग्रह गरेका छन् ।

दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या देखिए स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।


अहिलेसम्म त्यहाँ नेपालीलाई कारोना भइरस (कोभिड १९ )को संक्रमण भएको खबर आएको छैन् ।

कान्तिपुर दैनिकमा छापिएको खबरमा बहराइन, ओमान, कतार, कुवेत, यूएईमा कोरोनाको संक्रमण देखिएको उल्लेख छ ।

Loading...