इहटरीमा ५० मिटर चौडाईको कोशी राजमार्ग

विराटनगर, १८ फागुन । राष्ट्रिय गौरवको आयोजना रानी विराटनगर इटहरी ६ लेन सडकको इटहरी उपमहानगरमा पर्ने खण्ड ५० मिटर फराकिलो बनाइने भएको छ ।

लामो समयदेदेखि विवादित बन्दै गएको आयोजनाले अब गति लिने भएको छ ।

शुक्रबार इटहरी उपमहानगर र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधिबीच भएको छलफलमा दायाँबायाँ २५ २५ मिटर चौडा बनाउने निर्णय भएको छ ।

सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन उपमहानगरले १५ दिनको म्याद दिएको छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

Loading...