कांग्रेसमा झन् कलह

विराटनगर, १८ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिन दुई दिन अघि शनिबार एक पक्षीय रुपमा विभाग गठन गरेका छन् ।

एकपक्षीय रुपमा विभाग गठन गरेपछि विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असहमतिका बीच देउवाले विभाग गठन गरेका छन् ।

विधान विपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको उनीहरुको आरोप छ ।


विभाग गठन हुनासाथ वीरगञ्जको एक कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमशरण महत, सुजता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजालसहितका नेताहरुको भेलाले देउवाले गठन गरेको विभाग अस्वीकार गर्ने निर्णय गरेका छन् ।

कान्तिपुरमा समाचार छ ।

Loading...