नेकपा विवाद : भेट तीव्र भएन सहमति

विराटनगर, १८ फागुन । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले शनिबार बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग नेकपाभित्र पजकपति घटनक्रमबारे छलफल गरेका छन् ।

त्यसको केहीबेरपछि ओलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बोलाए ।

पार्टीमा बहुमत नेताको घेराबन्दीमा परेका अध्यक्ष ओली आफूविरुद्धको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँ जस्तो भेटघाट गरिरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुपनि निर्णयलाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा जुटेका छन् ।

तर उनीहरुबीच अहिलेसम्म सहमति नभएको समाचार अन्नपूर्ण पोष्टमा छ ।

Loading...