Rumpum

Rumpum Advertisement

डेरी उत्पादन बढी खानेलाई हृदयघातको जोखिम कम हुने

डेरी उत्पादन बढी खानेलाई हृदयघातको जोखिम कम हुने

विराटनगर, १७ फागुन । दूध तथा दूधबाट बनेका पदार्थहरूको सेवनले पछि गएर हृदयघातको सम्भावना घटाउन सक्छ ।

युरोपीयन हार्ट जर्नलमा प्रकाशित गरिएको अध्ययनको निष्कर्षमा दूध पदार्थको सेवनले स्ट्रोक तथा हृदयघातको सम्भावना कम गर्ने देखाएको हो ।

४ लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनमा दूध, दही र चीज खाँदा स्ट्रोकको जोखिम घट्ने पत्ता लागिएको हो ।

अनुसन्धानमा संग्लग्न भएका मानिसहरूमध्ये दिनदिनै दूध पिउनेहरूलाई इस्काएमिक स्ट्रोक ५ प्रतिशतले घट्ने तथा सानो भाँडोमा दही खाँदा त्यो ९ प्रतिशतले घट्ने देखिएको थियो ।

डेरी उत्पादन बढी खानेहरूलाई इस्काएमिक स्ट्रोकको जोखिम कम हुने प्रमुख अनुसन्धाता डा ट्याम्मी टोङले बताए ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले ९ वटा युरोपेली मुलुकको खानपानको अध्ययन गरेपछि फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी खानेहरूलाई स्ट्रोकको सम्भावना कमै रहेको निष्कर्ष निकालेको छ ।

पहिलेका अध्ययनले पनि दुग्ध पदार्थको सेवनले रक्तचाप कम हुने देखाएको छ ।

स्ट्रोकको प्रमुख जोखिम भनेकै उच्च रक्तचाप हो ।

दिनको २०० ग्राम फलफूल र तरकारीको सेवनले इस्काएमिक स्ट्रोकको जोखिम १३ प्रतिशतले घट्ने देखाइएको छ ।

फलफूल र तरकारी खानेलाई स्ट्रोकको जोखिम दूध पिउनेलाई भन्दा पनि कम हुने अध्ययनले देखाएको हो ।