पत्रपत्रिकामा देश : नेकपा विवाद ‘विन विन’तर्फ

विराटनगर, १७ फागुन । नेकपाको विवाद ‘विन विन’मा टुंगिने भएको छ ।

नेताहरु उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निरन्तरता दिने विकल्पमा सहमति नजिक पुगेका छन् ।

गत बुधबार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो ।

तर सो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्न नसक्ने बताएका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलले गौतम र डा. खतिवडालाई व्यवस्थापन गर्ने गरी संकट टार्ने मध्यमार्गी उपाय सुझाएका छन् ।

त्यसमा प्रधानमन्त्री ओलीपनि सकरात्मक देखिएका छन् ।

श्रोतका अनुसार नेताहरुले दुई विकल्पमा छलफल गरिरहेका छन् ।

पहिलो, गौतमलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने ।

संविधान अनुसार संसद नभएको व्यक्तिलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ ।

प्रधानमन्त्री ओलीको रुचि अनुसार यही व्यवस्थामा टेकेर मन्त्री बनाउन सकिन्छ ।

दोश्रो गौतमसँगै डा. खतिवडालाई पनि राष्ट्रियसभा सदस्य बनाउन सकिने विषयमा नेताहरु छलफल गरिरहेका छन् ।

खतिवडाको कार्यकाल २४ फागुनमा सकिँदै छ । सपथ अगाडी दुबैजनालाई सेटल गरिने एक सचिवालय सदस्यले बताए ।

‘भगवान्ले त हेरेनन्, सरकारबाट के आस !’ शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

भारतको मुम्वाईमा चार वर्षअघि भएको गोदाम आलागीमा कपिलबस्तुका ७ जनाको मृत्यु भएको थियो ।

उनीहरुका परिवारले नेपाल र भारत दुवैतिरका सरकारबाट राहत पाउन सकेका छैनन् ।

मुद्दालाई बलियो बाउन कतैबाट सहयोग नमिल्दा आरोपितले पनि कारबाहीबाट उन्मुक्ति पाएका छन् ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिकाको सत्भरा गाउँका लौटु मोराइन, भुइँधर यादव, गौरी चौहान, विक्रम रइदास, राजु चौहानको जलेर मृत्यु भएको थियो ।

यस्तै कपिलबस्तुकै बराइपुरका रामदयाल भर र निरज चौधरीको पनि मृत्यु भएको थियो ।

यही गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनिया भने हामफालेर ज्यान जोगाउन सफल भएका थिए ।

‘सरकारी प्रतिबन्ध प्रत्युत्पादक’ शीर्षकमा नागरिक दैनिकमा मुख्य खबर छ ।

सरकारले प्रतिबन्ध लगाएपनि घरेलु कामदारको रुपमा महिलाहरु खाडीमुलुक पुगिरहेका छन् ।

खाडी मुलुक र मलेसिया जानेहरु प्रतिबन्धको कारण झण्झटिलो र असुरक्षित प्रकृयाबाट गइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या १४ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ लाख ५४ हजार ६ सय ७५ जना महिला वैदेशिक रोजगारीमा पुगेका छन् ।

Loading...