मोरङमा करेन्ट लागेर दुईको मृत्यु

विराटनगर, १६ फागुन । मोरङका दुई स्थानमा करेन्ट लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

उर्लाबारीको जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी ८ का २१ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको गोदाबारी अस्पतालमा मृत्यु भएको बताए ।

त्यस्तै मोरङको सुनवर्षी ७ बरडंंगामा करेन्ट लागेर ३७ वर्षीय सन्तोश मुखियाको मृत्यु भएको छ ।

घरमा मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेलीको टाइम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Loading...