संसारकै सबैभन्दा महंगो आलु चिप्स, एक पिसकै बाह्र सय

विराटनगर, १६ फागुन । अधिकांश मानिसहरूलाई आलु चिप्स मनपर्ने खानेकुरा हुन सक्छ ।

बजारमा पाइने तथा धेरै मानिसहरूले खाने गरेको आलु चिप्सका प्याकेटको मूख्या ४० देखि १०० रुपैयाँसम्म पर्न सक्छ ।

तर, स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले संसारकै सबैभन्दा महंगो आलु चिप्सको उत्पादन गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘रिप्लेज‘ का अनुसार संसारको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्छ ।

उक्त आलु चिप्सको एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स हुन्छन् ।

एउटै आलु चिप्सको टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्न आउँछ ।

चिप्सको प्याकिङ अन्य आलु चिप्सको प्लास्टिकको प्याकेट जस्तो नभइ महंगो गहनाको प्याकेटमा गरिएको छ ।

यो चिप्समा बजारमा सर्वसुलभ रूपमा उपलब्ध नभइ १०० ओटा मात्र उत्पादन गरिन्छ जुन बन्नेबित्तिकै बिक्रीसमेत हुन्छ ।

चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र हुन्छ जसले चिप्स खाएपछि पनि विश्वमा सबैभन्दा महँगो चिप्स किनेको सुनिश्चित गर्छ ।

आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार चिप्स बनाउनका लागि प्रयोग गरिएको सामग्रीहरू निकै दुर्लभ छन् ।

चिप्समा प्रयोग गरिएको आलु तथा प्याज पनि दुर्लभ जातको हो ।

Loading...