पत्रपत्रिकामा प्रदेश : पुल नबने निर्वाचन बहिस्कार गर्ने

विराटनगर, १६ फागुन । मोरङको केराबारी गाउँपालिका ९ घगरु बेलचौरी जोड्ने तुर्के खोलाको पुल निर्माण ७ वर्षदेखि अलपत्र भएपछि स्थानीय आक्रोशित भएका छन् ।

पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि स्थानीयले पुल नबने निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

अन्नपूर्ण पोष्टमा छापिएको खबरमा चार वर्षमा सक्ने सम्झौता भएको पुलको ७ वर्षमा २० प्रतिशत पनि काम नभएको उल्लेख छ ।

वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्लले पुल नहुँदा घँगरु, लाख, विराजे, भालुगौंडा, खयरबारी, भलुवा, डाँडा टोलका नागरिक समस्यामा छन् ।

पुल नहुँदा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको छ ।

स्थानीयले ठेकेदार खोजीदिन मुख्यमन्त्री शेरधन राईलाई समेत भेट्न गएका थिए ।

तर भेट्न नपाएपछि यही वर्ष पुल नबने निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

तीनवटा बस र ४० वटा मोटरसाइकलमा उनीहरु केराबारीदेखि मुख्यमन्त्री कार्यालय विराटनगर आएका थिए ।

नयाँ पत्रिका दैनिकमा संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितहरुले मुआब्जा नपाएको भन्दै दोस्रो पटक सुरु गरेको आन्दोलन फिर्ता लिएको समाचार छ ।

अरुण प्रवेश मार्ग सडक अवरुद्ध गरेका स्थनीयले सर्वदलीय बैठकपछि खोलेका छन् ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बसको सर्वदलीय बैठकमा दलहरुको आग्रहपछि शान्तिपूर्ण र सांकेतिक आन्दोलन जारी राख्ने गरी सडक बन्द फिर्ता लिएको अरुण तेश्रो संघर्ष समितिले जनाएको छ ।

Loading...