पत्रपत्रिकामा देश : एक लिटर पेट्रोलमा ४४ रुपैयाँ ४८ पैसा कर

विराटनगर, १६ फागुन । सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ ।

१२ फागुनको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार पेट्रोल, डिजल र हवाई इन्धनमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि सरकारले लिने करमात्रै ४४ रुपैयाँ ४८ पैसा पुगेको छ ।

लिटरको ५१.८४ रुपैयाँमा किनेको पेट्रोल नेपाल सरकारले कर ४४ रुपैयाँ ४८ , यस्तै चुहावट, कमिसन र ढुवानी खर्च गरी थप ११.६८ रुपैयाँ गरी ५१.८४ रुपैयाँ शुल्क उठाउने गरेको छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा पेट्रोलमा ८६ कर शीर्षकमा छापिएको छ ।

विशेष अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा बिहीबार दोषी ठहर गरेको समाचार अन्नपूर्ण पोष्टमा छ ।

उनलाई अदालतले भ्रष्टाचार मुद्दामा चार बर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैया जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

न्यायधीश शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र कृष्ण गिरीको इजलासले साहलाई यस्तो फैसला गरेको हो । जनकपुर बम काण्डका दोषी साह अहिले जेलमै छन् ।

भारतले जापानबाट नेपालीको उद्दार गरेको समाचार पनि अन्नपूर्ण पोष्टमा छ ।

भारतले जापानको टोकियोस्थित पानीजाहाजमा रहेका एक नेपाली सहित १ सय २४ जनाको उद्दार गरेको छ । भारतले आफ्ना १ सय १९ जना र पाँच विदेशीलाई उद्दार गरेको हो ।

श्रीलंकाका दुई जना तथा नेपाल, दक्षिण अफ्रिका र पेरुका एक एक जना छन् ।

कोरोना भाइरसको संक्रमण देखिएको पानीजाहाज डायमण्ड प्रिन्सेसमा रहेका सबै भारतीय तथा विदेशीलाई उद्धार गरिएको भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विट गरेका छन् ।

Loading...