Rumpum Advertisement

भात रुच्दैन, स्वादिष्ट टमाटरको अचार बनाउनुस् (विधिसहित)

Neuro Revised Adv
Koshi Dashain ad
भात रुच्दैन, स्वादिष्ट टमाटरको अचार बनाउनुस् (विधिसहित)

विराटनगर, १५ फागुन । टमाटरलाई तरकारी, अचार वा काँचै सलादको रूपमा खान सकिन्छ ।

आयुर्वेदका अनुसार टमाटरको सेवन गर्दा यसका अनेकौं फाइदा छन् ।

टमाटरको सेवनले मृगौलाको समस्या, पेटको समस्या, छाला तथा कपालको समस्यामा धेरै फाइदा पुर्‍याउने गर्छ ।

पाहुना आउदा, खाना नरुच्दा वा मुखको स्वाद फेर्नका लागि टमाटरको अचार बनाएर खान सकिन्छ ।

आज हामी टमाटरको अचार बनाउने विधि लिएर आएका छौं, जुन घरमा सजिलो तरिकाले कम समयमा बनाउन सक्नु हुन्छ ।

टमाटरको अचार बनाउन चाहिने सामग्रीः

सानो गरी काटेको टमाटर, नुन स्वादअनुसार, हरियो खुर्सानी, जिरा, बेसार र आधि चम्चा तोरीको तेल ।

(अचारलाई थप फरक बनाउनका लागि गुन्द्रुक, पिसेको भटमास, भिजाएको मेथी, हरियो धनिया तथा काटेको प्याज राख्न सकिन्छ वा काटेर तथा पिसेर तारेको माछा वा मासु पनि हाल्न सकिन्छ )

टमाटरको अचार बनाउने विधिः

एउटा प्यानमा अलिकति तेल हाल्ने, जिरा र हरियो खुर्सानी पड्काउने, र त्यसमा टमाटर, बेसार, नुन र मसला राखेर मिसाउनु पर्छ ।

टमाटर अलिकति गल्न थाले पछि निकालेर सिलौता वा मिक्सरमा पिस्न सकिन्छ ।

अचार खानका लागि तयार छ । फरक स्वादका लागि माथि उल्लेखित कुनै एक सामानको प्रयोग गर्न सकिन्छ ।