एम.सी.सी अर्थात् नेपाल अमेरिकी उपनिवेशको क्रीडास्थल

ऋतु आसीक

छ सुस्ता दुखेको इलामै दुखेको
र यो देश के भो सधैँ–खुम्चिएको ।
कतै भाइ मार्दैछ हाम्रै धरामा
धुरा लिम्पियामा ऊ हेर ढुकेको ।
थिए वीर पूर्खा बनाए स्वदेश
र अहिले भयो भूमि रक्षा चुकेको ।
छुरा खोकिलामा मुखैमा छ राम
वडे भाइ वन्दै गजक्कै फुकेको ।
बचाऔँ धरा स्वाभिमानी बनेर
छ ब्वाँसो लुकेको यतै लौ भुकेको ।

मधु पोखरेल

राष्ट्रप्रतिको ओतप्रोत

राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेक (२०३१ साल फागुण–१३ गतेका दिन विश्वका ६० राष्ट्रका प्रतिनिधिसमक्ष “नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस्” यो उद्घोषणले भारतीय सरकारका तर्फबाट समारोहमा भाग लिन आएका उपराष्ट्रपति बी.डी. जत्तीले तत्कालीन ओठे जवाफ दिँदै भनेका थिए किन नेपाललाई शान्तिक्षेत्र किन घोषित गर्नु पर्‍यो वरु हिन्द महासागरलाई नै शान्तिक्षेत्र घोषित गरियोस्” भन्दै टेढा–मेढा अभिव्यक्त पोखेर दिल्ली फर्किएको जगजाहेर नै छ ।

भारतीय छिमेकीले नेपालको शान्तिक्षेत्र प्रस्तावप्रति नकरात्मक रवैया नै देखायो, सो निरन्तरतालाई पक्रिँदै जब–जब राजा वीरेन्द्रले नागरिकता प्रकरणलाई लिएर आफ्नो नामञ्जुरका कारण संसदबाटै फिर्ता गरिएको थियो । यस आशयभित्र लुकेको प्रतिशोधका कारण राजा वीरेन्द्र र सम्पूर्ण परिवारको हत्या भएको कुरा यसबेला छ्याँङ्ग भएको छ ।

इतिहासको कालखण्डमा हाम्रो मुलुकको वैभवता संसारका विभिन्न मुलुकमा सम्मानका साथ मुक्तकण्ठले प्रसंशा गरिन्थ्यो । संसारभरिका उच्चतम सांस्कृतिक सम्पदा नेपालीको परिश्रम तथा राष्ट्रियताप्रतिको समर्पण विश्वका विभिन्न–भेगमा चर्चा पाएको थियो । अशुंवर्माको समयकाल यस मुलुकको लागि स्वर्णकाल रह्यो । तत्कालीन हाम्रो मुद्राको ओज बढेको थियो ।

संसारका १० देशमा मुद्राको कारोवार हुन्थ्यो । ती देशमा हाम्रो मुलुक पनि पर्थ्यो । चीनसँगको हाम्रो चेली भृकुटीको विवाह तत्कालीन स्रोनचङ गम्पोसँग विवाह गरेर मित्रतामा अझ गाढा बनाइएको थियो । हाम्रो धार्मिक विचारको ओजस्वितामा वुद्ध धर्मका प्रसारप्रसार तथा त्यसलाई निरन्तरता दिनको लागि हाम्रा युवा कलाकार अरनीको कलाकारिताले नेपालको इज्जत वढाउनका साथै चिनियाँ सांस्कृतिक परम्परामा आफूलाई त्यहाँ स्थापित गरेका थिए ।

भृकुटीको बिदाइका बेलामा वुद्ध धर्मको प्रचार–प्रसार कोशेलीलाई महत्त्व दिएको थियो । चीन र नेपाल बीचको चेली बेटीको सम्बन्धलाई अझ प्रगाढता बनाउनका लागि अंशुवर्माको राष्ट्रिय चेतलाई सलाम गर्नुपर्छ । भृकुटीले बुद्ध धर्मको प्रचारप्रसारमा आफ्ना तर्फबाट लगिएका ग्रन्थको प्रचार प्रसारले भृकुटीलाई “तारा” अथवा ज्योतिपुञ्जको रूपमा हेरिन्थ्यो । नेपाली चेलीप्रतिको सम्मानभाव झल्किन्थ्यो ।

पञ्चायती व्यवस्थाताको जोड घटाउ

पञ्चायती व्यवस्थाका विरुद्व हामी पत्रकारहरूले आफ्ना–आफ्ना क्षेत्रवाट व्यवस्थाका विरुद्व हामीले कलमलाई तिखारेर लगेका थियौं । पञ्चायती व्यवस्थाको अन्तका लागि आफ्नो आफ्नो क्षेत्रबाट निर्वाह ग¥यो । पञ्चायती व्यवस्थासँगै राजतन्त्रको उन्मूलन भयो । पञ्चायती व्यवस्था र राजतन्त्रको स्थितिभन्दा राम्रो हुनुपर्ने हो । पञ्चायती व्यवस्थामा मुलुकभित्र कलकारखाना फस्टाएका थिए । ती कलकारखाना रोजगारी पाउँथे ? यसबेला ती कलकारखानालाई निस्तेज बनाइएको छ । आत्मनिर्भरका संरचनाहरू लथालिङ्ग बनाइएको छ ।

यी हरप लेखुन्जेलसम्म झण्डै–झण्डै ८० लाखको हाराहारीमा यहाँका ऊर्जाशील युवकहरू विदेशमा पसिना बगाएका छन् । देश यसबेला ती युवक युवतीहरूले बगाएको पसिनाले रेमिटान्स भित्राइरहेका छन् । देशभित्र खेतीहरू उव्जाउ भूमिहरू उव्जनीविहीन बनाएर छिमेकी मुलुकहरूवाट अन्न पानी भित्राइरहेका छौँ । मुलुकभित्र रोजगारीको प्रारुप झण्डै–झण्डै शून्य स्थितिमा पुगि रहेको छ ।

यहाँका युवाहरू रोजगारीका लागि खाडी देशहरूमा भौतारिएको अवस्था छ भने यहाँ भने छिमेकी मुलुकका युवाहरू यतातिर आएर रोजगारी गरेर यहाँको नागरिकता कौडीको भावमा व्रmय विक्रय भैरहेको छ । यहाँको जनशक्ति पलायन भएर जाँदो अवस्था र ती पलायन भएको क्षेत्र छिमेकी भारतको जनशक्ति भर्ने कार्य युद्धस्तरमा भैरहेको छ ।

पञ्चायतीकालीनताका तथा त्योभन्दा अगाडि स्थापित कलाकारखानाहरू त्यसबेला तिनीहरूको अस्तित्वको कुरा त छाडौँ त्यसबेला स्थापित भएका संरचनालाई नै कतै निजी बनाएका छन् । कतै तिनीहरूलाई कुडा करकटको भाउमा बेचेर सम्बन्धित पदाधिकारीहरू यसबेला भव्य र आलिशानको जीवन बाँचिरहेका छन् ।

पार्टीको कलेवरमा तिनीहरूले जे जस्तो गर्न पनि छुट पाइरहेका छन् । हिजोका झोले कार्यकर्ताहरू यसबेला तिनीहरूको हैसियत नजानिँदो किसिमबाट फेरिएका छन् । ती कुनै अर्कै ग्रहबाट आएर यहाँ सम्पत्ति र ऐश्वर्यको लुट खसोटमा हिस्सेदार भएर ऐश्वर्यको व्यापारलाई आफूमा केन्द्रीकृत गरेका छन् ।

नेकपा तथा नेपाली कांग्रेस तथा माओवादीका नेताहरू या सैनिक प्रमुख, प्रहरी कर्मचारी प्रमुख यी सबैको सम्पति छानविन गरिएको खण्डमा तीनिहरूसँग रहेको अथाह सम्पत्तिको श्रोत देखाउन सक्ने छैनन् । ती सबै ढिलो चाँडो देशप्रति घात गर्ने तथा भ्रष्टाचारको कम्वल ओढेर राष्ट्रिय सम्पत्ति दोहन गर्नेको तालिकाको क्रमबद्धमा पर्ने नै छन् ?

कम्युनिष्ट आचरण

संसारको जुनसुकै भेगको कम्युनिष्ट पार्टी नै किन नहोस् । कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरू आचारसंहितामा बाँधिएका हुन्छन् । कम्युनिष्टहरू मेरो बुझाइमा भन्नु हुन्छ भने कम्युनिष्टहरू भनेका यो संसारका सबभन्दा असल, इमान्दार र विवेकी मान्छे हुन् । माओत्सेतुङको सापटी शब्द लिएर यहाँ उहाँको भनाइ जस्ताको तस्तै राख्छु ।

अनुशासनका तीन मुख्य नियम

१. आफ्ना सबै काममा आदेशहरूको पालन गर,
२. जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ,
३. कब्जा गरेका प्रत्येक कुरा सङ्गठनलाई बुझाऊ,

ध्यान दिनुपर्ने आठ कुरा

१. नम्र भएर बोल,
२. आफूले किनेको मालको सुपथ मुल्य तिर,
३. आफूले पैचो लिएको प्रत्येक कुरो फर्काऊ,
४. आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर,
५. जनतालाई कुटपिट र हप्काउने नगर,
६. बाली नबिगार,
७. स्वास्नी मानिसहरूसित छाडा व्यवहार नगर,
८. वन्दीहरूसित नराम्रो व्यवहार नगर,

विश्वको कम्युनिष्ट आन्दोलनको बहावमा चाहे सोभियतसंघ होस्, चाहे युगास्लाभिया, भियनताम आदि देशहरुमा कम्युनिष्ट शासन प्रणाली लागू भइसकेका छन् । ती देशहरुमा विभिन्न किसिमका विकृतिहरूले टाउको उठाउनुपछिको कारण खोज्दा कुनै पनि देशको कम्युनिष्ट पार्टीभित्र भित्र–भित्रै पनपिरहेको नीजि स्वार्थका कारण नै हो ।

कम्युनिष्ट शासनप्रति वितृष्णा जन्माउने वर्ग पनि हुर्किरहेको हुन्छ । ती विकृतिका झाङ्गिएर सम्पूर्ण कम्युनिष्ट पार्टीलाई आफ्नो लपेटमा लिएको उदाहरण हाम्रो सामु प्रस्तुत छ । यस कारण कम्युनिष्ट पार्टीभित्र आपसी अन्तरसंघर्ष चलिरहनु पर्छ । असत्यमाथि सत्यको विजयको लागि युद्धस्तरमा ती युद्ध लडिरहनुपर्छ ।

कम्युनिष्ट पार्टीभित्र गल्तीलाई प्रश्रय दिनुको अर्थ कम्युनिष्ट पार्टीप्रति भित्रभित्रै षडयन्त्रद्वारा कम्युनिष्ट पार्टीलाई नै कलङ्कित गर्नु हो । यसरी दुई लाइनबीचको संघर्ष निरन्तर गरिरहनु पर्छ भनेको नै आफूले हिजो प्राप्त गरेका व्यवहारहरूलाई निरन्तरता दिनु, जाँच पडताललाई युद्धस्तरमा छानबिन गर्नु भनेको पनि त्यही नै हो ।

नेकपा र माओवादीको फ्यूजन

नेपाल कम्युनिष्ट पार्टीको विरासत भनेको त्यस्तो पार्टी हो, जहाँ आदरणीय कमरेड मनमोहन अधिकारी तथा आदरणीय कमरेड पुष्पलाल श्रेष्ठद्वारा प्रतिपादित पार्टी हो । अग्रज पत्रकार कोशराज रेग्मी जुनबेला वनारसमा अध्ययन गर्नुहुन्थ्यो त्यसबेला पुष्पलाल श्रेष्ठ पनि वनारसमा निर्वासन जीवन बिताइरहनु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको प्रवासमा रहेर पनि मोर्चा सम्हालीरहनुभएको थियो । कोषराज रेग्मीको कोठामा आउनुभएछ र भन्नु भएछ कोषराजजी ! मैले दुई दिनदेखि खाना खाएको छैन मलाई खाना खुवाउनु न भन्नु भएछ, त्यसो भन्दा कोशराजजी भावविह्वल हुनु भएछ र उहाँलाई होटलमा लगेर खाना खुवाउनु भएछ । त्यसबेला कोषराजजी विद्यार्थी अवस्थामै हुँदै पनि आफूलाई केही राखेर ल यतिले काम चलाउँदै गर्नुहोला भनेर केही रकम दिनु भएछ ।

नेपाल कम्युनिष्ट पार्टी यस किसिमका त्याग र बलिदानले ओतप्रोत भएका नेताहरूको नेतृत्वले कम्युनिष्ट पार्टीले आफूलाई विकास गर्दै आएको पार्टी हो । त्यसबेलाको कम्युनिष्ट पार्टी त्यो पनि विश्व परिवेशमा नेताहरुको जीवन सादगी र आफूलाई जहिले पनि इमान्दारीताले ढपक्कै ढाकेको हुन्थ्यो । त्यागको भावनाले उनीहरू पूर्ण रूपमा सुसज्जित बनाइएका हुन्थे ।

केही दिन अगाडि केही पत्रकार साथीहरूसँग चसक्क भेट भएको थियो । मैले त्यसबेला कुरा राखेको थिएँ । नेपाल पत्रकार महासंघले मुलुकभित्र एमसीसीको धौसमा प्रधानमन्त्री के.पी. ओली जसरी पनि एमसीसी पास गर्ने रटान लाइरहेका छन् । बाम बुद्धिजीवि भरत दाहालले एमसीसी पास भएको खण्डमा यो मुलुक भारतपछिको दोस्रो इष्ट इण्डिया कम्पनी हुनेछ ।

यस मुलुकमा रहेको यूरोनियम र पश्चिमी भेग नेपालमा रहेको तामाखानी सम्पदाप्रति उनीहरूको आधिकारीक जमाउने कुरामा कम्युनिष्ट, काँग्रेस पार्टी चुम्बक जस्तै किन लागि परिरहेको छ ? मुलुकलाई सिध्याउनका लागि आर्थिक चलखेलका साथै दलाली गरिरहेको कुरा जगजाहेर हुँदाहुँदै राष्ट्रप्रति घातप्रतिघात हुँदा पत्रकारहरू नै दलालीमा लागेपछि देश सकिन कति वेर लाग्छ ?

म ती पत्रकारहएमसीसी जो भरखरै पत्रकारितामा जुंगामा रेखि आएका, भरखरै कखरा सिक्दै गरेका जो प्रचण्ड र ओलीको विरासतमा थपथपाइको भरमा पत्रकारिता गर्ने, २–४ जना कखरा पत्रकारहरूले मसँग एकै स्वरमा भनेका थिए हामी त एमसीसी को समर्थमा लेख्छौं । यस किसिमको पत्रकारिताले राष्ट्रलाई के दिन्छ ? हाम्रो राष्ट्रियतालाई ओज दिने यी पत्रकारहरूलाई हामी कुन बाटो हिँडाउँदैछौं ।

मालिक नेताहरूको आडमा पत्रकारिता गरेर हाम्रो सुदूर भविष्यको कस्तो कल्पना गरेका छौं ? हामीले आफूलाई आत्मआलोचना गरेर यी हाम्रा भविष्यका पत्रकारहरूलाई राष्ट्रप्रति समर्पित हुने निष्ठा हामीले दिनसके मात्र हामी पुराना पिँढीले गर्व गर्न सक्छौं । राष्ट्रधारमा हामीले यी पत्रकारलाई हिँडाउन नसक्नु नै हामी आफ्नै कमजोरी तथा हामीमा सामर्थता नभएको भन्न म हिचकिचाउँदिन ।

युद्धभूमिको परेडमा सामेलीको उद्दता

तत्कालीन प्रधानमन्त्री खिलराज रेग्मीबाट मुलुकलाई क्षतविक्षतको तयारीको मार्ग प्रशस्त गर्दै, मुलुकभित्र सर्वेक्षणको बहानामा मुस्ताङमा रहेको युरेनियम, पश्चिम नेपालमा रहेको तामाखानीको विशालता भण्डारको खोजी अमेरिकनको संलग्नता गराइएको थियो । मुलुकभित्र रहेको अथाह खानी भण्डारका लागि त्यसलाई हत्याउनका लागि अमेरिका लागि परेको कुरा स्पष्ट हुँदै आएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदै भित्री ग्राण्ड डिजाइन अनुसार एमसीसी अर्थात् भारतमा इष्ट इण्डिया कम्पनी व्यापारको रूपमा छिरेको र पछि भारतलाई नै आफ्नो लपेटमा लिएर, इष्ट इण्डिया कम्पनीद्वारा नै भारतभरि आफ्नो एकक्षत्र साम्राज्य खडा गरेको कुरा स्पष्ट छ । यसबेला ठ्याक्कै एमसीसी भनेको नेपालमा त्यही प्रारुपमा आएको छ ।

पश्चिमी क्षेत्रहरू प्रति अग्राधिकार खोजेको छ के को प्रोजेक्ट, के को निर्माण आदि र त्यसको फिर्ता कहिले आदि सबै यी अन्यौलमा छोडेर, आदि उल्लेखित खनिजको सुर्पुदगी तथा त्यसको व्यवस्थापन एमसीसीद्वारा नै, ती क्षेत्राधिकारमा नेपालको कुनै कानून नलाग्ने, त्यहाँ अमेरिकी सेनाको तयारी त्यसको सुरक्षा आफैं गर्ने ? एक किसिमबाट भन्ने हो भने ५० अरब उसले नेपाललाई दिनुको अर्थ त्यस रुपैयाँवापत नेपाल सरकारले बेची खानुबराबर हो । ती क्षेत्रमा उत्पादिन वस्तुप्रति नेपाल सरकारको न त स्वामित्व नै हुन्छ । न त ती सामानप्रति नेपाल सरकारको जवाफदेहीता हुन्छ ।

नेपालका कुनै पनि व्यक्तिको रोजगारीको ग्यारेन्टी नै छ । जबसम्म पूर्वाधारको संरचना एमसीसीले भनेबमोजिम नभएमा त्यसलाई त्याग्ने नमान्ने आदि–आदिबाट उसको जवाफदेहिता नभएका जस्ता कुराको तालमालको झेलमा नेपाली जनतालाई झुक्याउने तथा बाहिरी आडम्बरी कुरा गरेको छ । उसले चाहेको क्षेत्रमा कब्जा गर्ने किसिमका पासो थापेको प्रष्ट छ । ती पासोको मोहमा राष्ट्रघाती नेपालीको चुरीफुरी बढेको छ ।

यो चुरीफुरीको राष्ट्रप्रति घात गरेर केही देशद्रोही नेपालीहरू मालामाल हुने किसिमका भ्रमजाल फिजाइएका छन् । ती षडयन्त्रका तानाबुनामा आफूलाई स्वार्थसँग बेचबिखन गरेको कुरा स्पष्ट भएको छ । षडयन्त्रका गन्धहरु वाफिँदै गइरहेको कुरालाई नकार्न सकिन्न ।

कुन क्षेत्रमा बाटो, विद्याुतको निर्माण गर्ने, त्यस क्षेत्रको परियोजना कति समयका लागि त्यो परियोजना हो । परियोजनाको समय सीमा कतिसम्म ? परियोजना लाग्ने जनशक्तिको परिचालनको आपूर्ति पनि कम्पनी आफैंले गर्ने कुरा छन् । परियोजनाको अवधि र समाप्ति कतै तोकिएको छैन । एमसिसि को लक्ष पधिैं मुस्ताङमा रहेको युरेनियम र पश्चिम नेपालमा रहेको तामाखानीको प्रचुरताका लागि र्‍याल चुहाएको देखिन्छ ।

युरोनियम जस्तो अपार सम्पदाको मूल्य जो आक्नै नसकिने छ । त्यसको उत्पादनका लागि आफ्नै जनशक्तिबाट त्यसको उत्पादनका लागि आफूलाई नै किन तयार नपर्ने ? यी यस्ता राष्ट्रियताका सरोकार राख्ने दुर्लभ खनिजको संरक्षण सम्बर्द्धनका लागि हामी आफै अग्रसर किन नहुने ?

Loading...