फेरि बढ्यो सुनको मूल्य, चाँदीको भाउमा भने गिरावट

काठमाडौं, १५ फागुन । बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलाको २ सयले बढेर छापावाला सुन प्रतितोला रु ७९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ७९ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७९ हजार ४०० सय कायम गरिएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदीको मुल्य तोलामा रु. ५ ले घटेर प्रतितोला ९०० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

Loading...