अत्यधिक व्यायामले महिला तथा पुरुषमा गर्ने नकारात्मक असर

विराटनगर, १५ फागुन । स्वास्थ र फिट रहनका लागि गरिने व्यायामका धेरै फाइदाहरू छन् ।

व्यस्त जीवनशैलीका कारण मानिसहरूमा मोटोपनाको समस्या बढिरहेको छ । समय नभएका कारणले मानिसहरू कम समयमा अत्यधिक व्यायाम गरेर तौल घटाउनेतर्फ लागि परेका छन् ।

तर, चाहिनेभन्दा धेरै व्यायाम गरेर शरीरको क्यलारी खर्च गर्दा शरीरलाई फाइदाभन्दा पनि बेफाइदा धेरै हुने गर्छ ।

अत्याधिक व्यायामले महिलाहरूमा महिनावारी तथा प्रजननमा नकारात्मक असर गरिरहेको हुन्छ भने पुरुषहरूमा शुक्राणुको संख्या घटिरहेको हुन्छ ।

शरीरलाई नियमित रूपले ऊर्जा प्रदान गर्नको लागि चिने आवश्यक क्यालोरी प्रदान गर्ने खानेकुराको सेवन नगरिकन धेरै समय व्यायाम गर्दा महिनावारी अनियमित हुने समस्या आइपर्न थाल्छ ।

शरीरमा क्यालोरीको कमीले योनैच्छामा पनि प्रभाव पार्छ ।

तौल घटाउनको लागि कैयौंपटक धेरै कठिन कसरतले शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन बढाउँछ ।

जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्नुका साथै बाँझोपनाको खतरा बढाउने गर्छ ।

एस्ट्रोजनको स्तर धेरै परिवर्तन भएमा गर्भधारणको समयमा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

पुरुषहरूमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन थाल्छ ।

अत्याधिक कठिन व्यायाम गर्ने पुरुषको तुलनामा सामान्य व्यायाम गर्ने मानिसहरूमा भन्दा कम शुक्राणु संख्या हुन्छ ।

लामो समयसम्म कठिन व्यायाम गर्नाले प्रजनन क्षमतामा पनि कमी ल्याउँछ ।

कठिन व्यायामले पुरुषको शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढाएर शरीरका अन्य हार्मोनमा प्रतिकूल असर पुर्‍याइ आफ्नो पार्टनरलाई गर्भधारण गर्दा विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

Loading...