पत्रपत्रिकामा देश : वामदेवलाई राष्ट्रियसभा लैजाने विषय पेचिलो बन्दै, प्रधानमन्त्रीको निर्णय परिवर्तन

विराटनगर, १५ फागुन । नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सर्वसम्मत निर्णय भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई सांसद बनाउन नसक्ने बताएका छन् ।

सचिवालयको निर्णयलाई चुनौति दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिपतिबाट मनोनित हुने सिटमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहोर्याउन चाहेको बताए ।

वरिष्ठ नेता माधव नेपाललाई बालुवाटारमा बोलाएर उनले वामदेवलाई सांसद बनाउन नसक्ने बताएका हुन् । कसलाई सांसद बनाउने भन्ने सरकारको अधिकार भएको भन्दै उनले खतिवडालाई नै बनाउने बताएका छन् । नयाँ पत्रिका दैनिकमा छापिएको मुख्य खबरमा नेपालमार्फत नेकपा सचिवालयलाई ५ सन्देश पठाएको उल्लेख छ ।

यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अन्र्तवार्ता पनि नयाँ पत्रिकाले छापेको छ ।

नागरिक दैनिकमा पनि नेकपाकै यही विषयको समाचार मुख्य बनाएर छापिएको छ ।

नेकपामा विवाद चर्कियो शीर्षकमा मुख्य समाचार छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा शीर्ष नेता विभाजित भएका छन् ।

दूधजन्य शिशु आहारमा विष शीर्षकमा अन्नपूर्ण पोष्टमा मुख्य खबर छ । सरकारले खानेकुरामा मेलामाइन मिसाउन अनुमति दिएको छ ।

मेलामाइनको कारण लाखौँ बालबालिकाको स्वास्थ्य जोखिममा परेको हो ।

मेलामाइनले मिर्गाैलाको कोषिका नष्ट गर्न सक्छ । विषालु मेलामाइनको प्रयोगमा विश्वका धेरै देशले प्रतिबन्ध लगाएका छन् ।

राष्ट्रपति जाने भएपछि बैतडी र दार्चुलाका चार पालिकाका सबै कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।

मन्दिरमा पुजा र भवन उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला जाँदै छिन् ।

उनी जाने भएपछि बैतडी र दार्चुलाका दुई दुई पालिकाले बिदा दिएका हुन् । सार्वजनिक विदाले विद्यार्थीहरुको पढाई प्रभावित भएको छ ।

कान्तिपुर दैनिकमै एकै दिन ४ अर्बको सेयर कारोबार भएको समाचार छ ।

कारोबार बढ्नुमा बैंकिङ, लघुवित्त, होटल र उत्पादन तथा प्रशोधन समूहका केही कम्पनीको चलखेल भएको आशंका गरिएको छ ।

बुधबार नेप्से झण्डै ५१ अंकले बढेर १ हजार ५ सय ९३. १३ विन्दुमा पुगेको थियो । 

Loading...