पत्रपत्रिकामा प्रदेश : पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा सर्ने

विराटनगर, १५ फागुन । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा सार्ने प्रस्ताव प्रतिनिधिसभाले पारित गरेको छ ।

राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको हो ।

सो विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा रहने छ भन्ने उल्लेख रहेको विश्वविद्यलयका डिन शैलेशमणि पोखरेलले बताए ।

तर यस विषयमा औपचारिक चिठ्ठि भने आइनसकेको उनको भनाइ छ ।

उद्घोष दैनिकमा छापिएको खबरमा केन्द्रीय कार्यालय गोठगाउँमा राख्ने प्रस्ताव पारित भएपछि गोठगाउँमा भने दिप प्रज्वलन गरिएको छ ।

‘अस्पतालको जग्गामा रजाइँ’ शीर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ ।

विराटनगरमा रहेको कोशी अस्पतालको जग्गा विभिन्न चारवटा संघसंस्थाले उपयोग गरिरहेका छन् ।

ती संस्थाले व्यापरिक प्रयोजनका लागि कोठा भाडामा लगाएर लाखौँ भाडा असुली रहेका छन् ।

देवकोटा पुस्तकालय, गणेश मन्दिर, क्षयरोग निवारण केन्द्र र रेडक्रस सोसाइटीले गरी १३ कठ्ठा १३ धुर जमिन उपयोग गरिरहेका छन् ।

अस्पतालको जग्गा अन्य संस्थाले उपभोग गरिरहेको पाइएपछि मेडिकल सुपरिडेन्ट (मेसु) डा. संगीता मिश्राले सर्वदलीय बैठक राखेकी छिन् ।

अस्पतालको सभाहलमा आयोजना गरिएको बैठकमा प्रदेशका मन्त्री, राजनैतिक दलका नेता, सुरक्षा निकायका प्रमुख र सरोकारवाला सहभागि थिए ।

बैठकले जमिन फिर्ता ल्याउने सहमति गरेको छ । सबैलाई कार्यालय सञ्चालन गर्न दिने र व्यवसायिक प्रयोजनको लागि उपयोग भइरहेको जग्गा फिर्ता लिने सहमति भएको हो ।

कान्तिपुर दैनिकमा ‘जेनतेन चल्दै सामुदायिक’ शीर्षकमा खबर छ ।

ओखलढुंगाका सामुदायिक विद्यालयको अवस्था दयनिय बनेको छ ।

मानेभञ्याङ गाउँपालिका ३ सानोजुरेमा रहेको आधारभूत विद्यालयमा कक्षा तीनसम्म पढाई हुन्छ ।

यो विद्यालयमा ४ जना विद्यार्थी छन् । एक शिक्षक र एक सहयोगीका भरमा विद्यालय सञ्चालन भइरहको छ ।

मोलुङको प्रभु आधारभूत विद्यालयको हाल पनि उस्तै छ । भर्ना संख्या ११ जना भएपनि औषतमा चार विद्यार्थी कक्षामा हुन्छन् ।

Loading...