विराटनगर, १४ फागुन । लामो समयको प्रेम सम्बन्धपछि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले १५ फाल्गुनमा विवाह गर्ने पक्का भएको छ ।
विवाहका लागि उनीहरू भब्य तयारी गरिरहेका छन् । मंगलबार प्रियंकाले मेहेन्दी लगाएकी थिइन् ।
मङ्गलवार विवाहको माहौल सिर्जना गर्दै परिवार तथा निकट व्यक्तिहरूको उपस्थितिमा प्रियंकाले मेहेन्दी लगाएकी हुन् ।
प्रियंकाले आफ्नो मेहेन्दी समारोहमा लगाएको हरियो रङ्गको गाउन उनलाई निकै सुहाएको छ ।
मेहेन्दी समारोहमा साथ दिनका लागि आयुष्मानले पनि फिक्क हरियो रङ्गको सेरवानी लगाएका छन् ।
प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्बिर सार्वजनिक भएको छ ।
विवाह अगाडि भैंसेपाटीमा नयाँ घर किनिसकेका प्रियंका र आयुष्मान विवाहपछि छुट्टै बस्ने तयारीमा छन् ।