Rumpum

Rumpum Advertisement

यस्ता छन् नियमित रहरको दालका खानुका फाइदा

यस्ता छन् नियमित रहरको दालका खानुका फाइदा

विराटनगर, १४ फागुन । दालहरूमा अधिकांश मानिसहरूले खाने रहर दाललाई सब भन्दा उत्तम दाल मानिने गरिन्छ ।

पकाउन सजिलो भएसंगै शरीरलाई चाहिने पोषक तत्वहरू प्रसस्त पाइने हुदा अरु दालको तुलनामा रहर दालको अलि बढी प्रयोग गरिन्छ ।

रहरको दाल २२ प्रतिशत प्रोटिनले मात्र भरिएको हुन्छ ।

प्रोटिनका साथै रहर दालमा कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पनि प्रशस्त मात्रामा पाइन्छ ।

रहरको दालले शरीरलाई राखी विभिन्न स्वास्थ्य समस्याहरू पनि निवारण गर्न मद्दत गर्छ ।

रहरको दालको नियमित सेवनले हाम्रो रगतलाई सफा गर्ने, हड्डी तथा मांसपेशीलाई मजबुत राख्ने काम गर्छ ।

रगत सफा हुने हुदा रहरको दालले अनुहारलाई सफा र चम्किलो राख्न पनि मद्दत गर्छ ।

रहरको दाल पच्न सजिलो हुने कारणले यसले पाचन प्रक्रियालाई सक्रिय राखी अरुचि हटाएर भोक जगाउने, कब्जियत तथा दिसा रोक्ने गुण हुन्छ ।

सजिलैसंग पच्ने भएकोले रहरको दाल बिरामीलाई समेत खुवाइने गरिन्छ ।

रहरको दालको नियमित सेवनले शरीरमा वायुको उत्पादन गरि पेटमा जम्मा भएको ग्यास तथा पुरानो ग्यास्ट्रिकको समस्या समाधान गर्छ ।

रहरको दालले ज्वोरो, रुघाखोकी, पित्त, कफ, पाइल्स, तथा बाथ रोग समेतलाई निको पर्ने क्षमता राख्दछ ।

रहर दालले शरीरको तापक्रम नियन्त्रणमा ल्याएर शरीरलाई सितलत गर्छ ।