पत्रपत्रिकामा देश : वामदेवलाई फेरी ब्याक फायर

विराटनगर, १४ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ ।

थप छलफल गर्न गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ ।

डोल्पाबाट उम्मेदवार बन्ने पहिलो प्रयास गरेका गौतमले सांसद धनबहादुर बुढालाई फकाउन सकेनन् ।

यसपछि लगातार छैठौं पटकको प्रयासमापनि उनी असफल भएका हुन् । जनमत नै विपक्षमा जान सक्ने बुझाई नेताहरुको बुझाइ छ ।

तर संविधान संशोधन नगरी उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजान विषयमा भने नेताहरु सकरात्मक छन् ।

पार्टीले यो विषयमा निर्णय फेरबदल गर्न सक्ने एक सचिवालय सदस्यले बताए ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वामदेव कामरेडले अहिलेजस्तै तीन वर्ष पार्टीमा क्रियाशील हुनु पर्ने बताए ।

उनले गौतमले प्रतिनिधि सभा जितेर प्रधानमन्त्री हुनु पर्ने बताएका छन् । नयाँ पत्रिका दैनिकले नेम्वाङको अन्र्तवार्ता छापेको छ ।

यस्तै अन्नपूर्ण पोष्टमा ‘गौतमको तागत’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ,अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको तानातानको फाइदा उठाउँदै गौतम भूमिका बढाउन खोजिरहेका छन् ।

सोरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार शीर्षकमा मुख्य समाचार कान्तिपुर दैनिकमा छ । यसकालागि संविधान संसोधन गर्न नेकपाले कसरत गरिरहेको समाचारमा उल्लेख छ ।

संविधान संशोधनको लागि चार वटा एजेन्डा नेकपाले राखेको छ ।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउने, राष्ट्रिपतिको अधिकार थप गर्ने, संविधानको धारा २८९ संशोधन गर्ने र जनसंख्याको अनुपातमा राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको कसरत रहेको छ ।

निजगढ विमानस्थलमा पनि यतीको चलखेल शीर्षकमा नागरिक दैनिकमा समाचार छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थ्ल परियोजनाको विकास र सञ्चालनको निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनु पछाडि पनि विवादस्पद यती मूहको संलग्नता फेला परेको छ ।

Loading...