Rumpum

Rumpum Advertisement

फूलकोपीको यति धेरै फाइदा

फूलकोपीको यति धेरै फाइदा

विराटनगर, १३ फागुन । तरकारीमा लोकप्रिय रहेको फुलकोपी हाम्रो स्वास्थ्यको लागि पनि एकदमै उपयोगी छ ।

कोपी क्यान्सरसँग लड्न समेत प्रभावकारी छ ।

धेरैलाई मन पर्ने र सिजनमा प्रत्येक भान्सामा पुग्ने तरकारीका रुपमा रहेको कोपीले विभिन्न रुपमा स्वास्थ्य रहन मद्दत गर्छ ।

शरीरलाई स्वस्थ्य रहन हरियो सब्जिहरुको अहम भूमिका हुन्छ । हरियो तरकारी र सागसब्जी खान डाक्टरहरुले समेत सल्लाह दिने गरेका छन् ।

हरियो तरकारीमा भिटामिन, मिनरल्स, फाइबर र अन्य धेरै प्रकार का पोषक तत्व हुन्छ । फुलकोपीमा पनि यी सबै तत्वहरु हुन्छ ।

फूलकोपीमा क्याल्सियम, फस्फोरस, भिटामिन र एन्टी अक्सिडेन्ट हुन्छ ।

यी तत्वहरु शरीरलाई एकदमै आवश्यक र लाभकारी हुन्छ ।

यसका साथै आइरन, म्याग्नेसियम, पोटासियम,म्याग्निज, फस्फोरस फोलिक र प्यान्टोथिक एसिड तथा भिटामिन बी हुन्छ ।

फूलकोपीमा धेरैमात्रामा कार्बाेहाइड्रेट तथा फाइबर हुन्छ । फाइबर सामन्य रुपमा पाचनतन्त्रलाई सहयोग गर्छ ।

यसको सेवनले हृदय रोगबाट समेत बचाउन मद्दत गर्छ ।

फुलकोपीमा एन्टी अक्सिडेन्ट पाइन्छ, एन्टी एक्सिडेन्टले क्यान्सरविरुद्ध लड्न सहयोग गर्छ ।

फूलकोपीको नियमित सेवनले रक्तसञ्चारमा सुधार हुने र फोलिक एसिड तथा भिटामिन बी ६ ले रगतमा होमेसिस्टिनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ ।

यस्तै गर्भवतीलाई फोलिक एसिडको मात्रा आवश्यक हुने हुँदा यो गर्भवती आमाको लागि पनि आवश्यक छ ।

यसले गर्भमा रहेको बच्चालाई समेत विकासमा सहयोग पुर्याउछ ।