घट्यो सुनको मूल्य

काठमाडौँ, १३ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार रु ३०० घटेर ८० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको थियो ।

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Loading...