हलिवुड निर्माता हार्वी यौन उत्पीडनको दोषी

विराटनगर, १३ फागुन । हलिवुडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिनमाथि लागेको यौन उत्पीडन र बलात्कारको मुद्दामा दोषि देखिएका छन् ।

वाइनस्टिनमाथि हलिवुडका प्रसिद्ध अभिनेतृ लगायत ८० जना महिलाले यौन उत्पीडनको अरोप लगाएका थिए ।

१२ सदस्सीय जुुरीले पाँचदिनसम्म गरेको छलफलबाट वाइनस्टिनलाई थर्ड डिग्री बलात्कार र फस्ट डिग्री आपराधिक यौन गतिविधि मामलामा दोषी भएको निष्कर्ष निकालेको छ ।

उनलाई २५ वर्षसम्म कैद सजाय हुन सक्छ ।

वाइनस्टिनमाथि अझै दुई महिलामाथि बलात्कार गरेको मुद्दा लस एन्जल्समा चलिरहेको छ ।

६७ वर्षीय वाइनस्टिनमाथि बलात्कार जस्तो गम्भीर आरोप भने प्रमाणित भएन् ।

चर्चित अभिनेत्री एन्जेलीना जोली र ग्वीनेथ पल्त्रोवलगायत हलिवुडका अभिनेतृहरुले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।

Loading...