पत्रपत्रिकामा प्रदेश : भाषाका कुलगुरुको उपेक्षा

विराटनगर, १३ फागुन । भाषाशास्त्रका शिखर पुरुष बालकृष्ण पोखरेलको निधन भएको एक बर्ष बित्यो ।

प्राध्यापक पोखरेलको गत वर्ष फागुन १२ बजे राती नोबेल अस्पताल विराटनगरमा निधन भएको थियो ।

नेपाली भाषालाई मौलिकता दिने, स्तरीयतातर्फ डोर्‍याउने काममा झण्डै सात दशक अथक रुपमा काम गरेका प्राध्यापक पोखरेलाई सबैले बिर्सिएका छन् ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भाषाशास्त्री बालकृष्ण पोखरेलको नाममा केही न केही गर्ने बताएका थिए ।

यस्तै विराटनगरका मेयर भीम पराजुलीले पनि ट्राफिक चोकदेखि रोडषेशसम्मको बाटोलाई बालकृष्ण पोखरेल मार्ग नाम राख्ने गरेको घोषणा पनि पुरा भएको छैन् ।

यो समाचार उद्घोष दैनिकमा छ ।

छिमेकी र आफन्तलाई विश्वास गरेर घरजग्गा सुम्पिएका मोरङको बेलबारीका चार दर्जन परिवार सुकुम्बासी बनेको समाचार कान्तिपुर दैनिकमा ‘धितो राखेर ऋण लिँदा सुकुम्बासी’ शीर्षकमा छापिएको छ ।

उनीहरुले ऋण तिर्दापनि आफ्नो जायजेथा पाएका छैनन् । यसको पछिल्लो पात्र हुन बेलबारी ४ का हिरालाल विश्वकर्मा ।

घरायसी कामको लागि आवश्यक परेको तीन लाख रुपैयाँ ऋण जग्गा धितो पास गरेर लिएका थिए ।

उनले २ कठ्ठा १० धुर जग्गा सहितको घर पशुपति राईलाई तीन वर्षमा ११ प्रतिशत ब्याजसहित फिर्ता गर्ने सर्तमा धितो पास गरेका थिए ।

तर पशुपतिलाई तीन वर्षपछि साँवा र ब्याजसहित तीन जाँदा आज भोलि भन्दै टार्दै बसे ।

पशुपतिले विश्वकर्माको घर र जग्गा धरानस्थित प्राइम बैंकको शाखमा धितो राखेर १५ लाख रुपैयाँ ऋण लिएका रहेछन् ।

उनको घर प्राइम बैंकले लिलामीको लागि पत्र पठाएपछि उनी छाँगाबाट खसेजस्तै बने ।

पछिल्लो समय धितो पास गरेर ऋण लिने र त्यही धितोबाट एकबाट दोश्रो र दोश्रोबाट तेश्रोसम्मले धितो राखेर ऋण निकाल्ने र नतिर्दा बेलबारीमा मात्र दजर्नौँ परिवार सुकुम्बासी भएका छन् ।

ब्लाष्ट टाइम्समा ‘यौनधन्दाले बदनाम इटहरी सुध्रने प्रयासमा’ शीर्षकमा मुख्य खबर छापेको छ । बदनाम इटहरी बसपार्क सुधारोन्मूख अवस्थामा छ ।

Loading...