शारीरिक सुगठन प्रतियोगिता २४ फागुनमा

विराटनगर, १२ फागुन । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फिटनेश एशोसिएसनले विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अमलेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने बताए ।

उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग पुर्‍याउने बताए ।

खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने हो ।

२४ फागुनमा हुने सो खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी हुने छन् ।

Loading...